मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रद्द भएको अन्तरिक्ष स्टेशन जाने स्टारलाइनरको प्रक्षेपण शुक्रवार हुने

काठमाडौँ– चालक दल सहित फ्लोरिडाको केप म्याभेरलबाट सोमवार गर्ने तय भएको बोइङको स्टारलाइनरको परीक्षण उडान रद्द भएपछि शुक्रवार पुनः प्रक्षेपणको प्रयास गरिने भएको छ ।

अन्तरिक्षयान निर्माता कम्पनी बोइङले एउटा सोसल मिडिया पोस्टमा शुक्रवार प्रक्षेपणको नयाँ प्रयत्न हुनसक्ने जनाएको हो ।
स्थानीय समय अनुसार सोमवार १०ः३४ बजे ‘लिफ्ट अफ’ निर्धारण गरिएकोमा सुरक्षा सम्बन्धी समस्या देखिएका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका दुई जना अन्तरिक्ष यात्री नयाँ अन्तरिक्ष यानमा लिएर सोमवार प्रक्षेपणका लागि तयार गरिएको थियो । यानमा सुरक्षा समस्या देखिएपछि अन्तिम समयमा स्थगित गरिएको थियो ।

शुक्रवारको प्रयास सफल भएमा पृथ्वीबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) तिर उडान गर्ने बोइङ दोस्रो निजी कम्पनी बन्ने बताइएको छ । अहिलेसम्म मस्कको स्पेस एक्सले मात्रै त्यस्तो काम गर्दै आएको छ ।

स्टारलाइनर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र अन्य कम दूरीका गन्तव्यहरूमा चालक दललाई ढुवानी गर्न बनाइएका दुई आंशिक रूपमा पुनः प्रयोज्य अन्तरिक्ष यानहरूको वर्ग हो ।

यो बोइङले नासाको व्यावसायिक कार्यक्रमसँग ‘एङ्कर’ ग्राहकको रूपमा निर्माण गरेको हो । अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङले हवाइजहाज, रोटरक्राफ्ट, रकेट, स्याटेलाइट र मिसाइल डिजाइन, निर्माण र बिक्री गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?