मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडमा चार दशकभन्दा बढी समय बिताएका सञ्जय दत्तका विवादित र सफलताका किस्सा

काठमाडौँ– बलिउड स्टार अभिनेता सञ्जय दत्तले बलिउडमा प्रवेश गरेको ४३ वर्ष भएको छ । सन् १९८१ मा रिलिज भएको फिल्म ‘रक्की’बाट उनले बलिउड सिने उद्योगमा प्रवेश गरेका थिए ।

उक्त फिल्म उनका बुवा सुनील दत्तले उनलाई बलिउड सिने उद्योगमा प्रवेश गराउनका लागि निर्माण गरेका थिए । पहिलो फिल्म नै हिट भएपछि बलिउडमा उनको यात्राले निरन्तरता पायो ।

यद्यपि उनको ड्रक्स नसालु पदार्थ सेवन गर्ने लतले भने धेरै फिल्महरुमा काम गर्ने मौका समेत गुम्यो । यसै सिलसिलामा उनी कैयौैं पटक जेल समेत परे ।

बताइए अनुसार फिल्म सुटिङ सेटमा समेत उनी लागु पदार्थ सेवनकै अवस्थामा पुग्थे । बलिउडमा डेब्यु गरेपछि उनले १९८६ मा अर्काे हिट फिल्म ‘नाम’मा उनले काम गरे ।

यही फिल्म सर्वाधिक हिट भएपछि उनको फिल्मी करियर अझै अगाडि बढ्यो । उक्त फिल्म नै उनको जीवनको टर्निङ पोइन्टका रुपमा रहेको उनले कतिपय अन्तर्वार्ताका क्रममा समेत बताएका छन् ।

सञ्जय दत्तका आपराधिक किस्सा

सन् १९९३ मा सञ्जय दत्त अचानक चर्चामा आए । मुम्बई बम विस्फोट र अवैध हतियार बरामद भएपछि उनको नाम अन्डरवल्र्डसँग जोडिएको थियो ।

यही क्रममा उनको फिल्म ‘खलनायक’ रिलिजको तयारीमा थियो । उक्त फिल्म रिलिज हुनुअघि नै उनी पक्राउ परेका थिए । पक्राउ पर्दा उनी फिल्म ‘आतिश’को सुटिङमा थिए ।

त्यतिबेला १८ दिन जेल बसेपछि उनी रिहा भएका थिए । जुलाई १९९४ मा, उनको जमानत रद्द भएपछि उनी फेरि गिरफ्तारमा परे र फेरि अक्टोबर १९९५ मा जमानतमा रिहा भएका थिए ।

सन् २००७ मा टाडा अदालतले उनलाई पुनः दोषी ठहराएपछि उनी जेल परेका थिए । २००७ मा मात्र उनी दुई पटक जेल पुगेर जमानतमा फर्किएका थिए ।

जतिबेला उनका ‘लगे रहो मुन्नाभाई’, ‘धमाल’, दास कहानियाँ’ जस्ता फिल्म रिलिज भएका थिए । त्यसपछि सन् २०१३ मा टाडा अदालतले सञ्जयलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

त्यतिबेला उनले १७ महिना ६ दिन जेल सजाय भोगिसकेका थिए । सन् २०१६ मा उनी जेलबाट रिहा भए ।

विवादमा रहे पनि सञ्जय दत्तले दिए हिट फिल्म

सञ्जय दत्तले लामो समय जेल जीवन बिताए पनि फिल्ममा भने काम गरिरहे । उनका ‘अग्निपथ’, ‘सन अफ सरदार’, ‘पीके’ जस्ता धेरै फिल्महरु हिट भए । यस अवधिमा उनका धेरै फिल्महरू ‘पुलिसगिरी’, ‘जंजीर’ लगायतका केही फिल्महरु भने फ्लप भए ।

‘केजीएफ २’ ले सञ्जय दत्तलाई दिएको पछिल्लो सफलता

सञ्जय दत्त बलिडमा पुनरागमन हुने समयमै उनलाई क्यान्सर भएको थाहा भयो । त्यसपछि पनि हार नमानेका उनले त्यसलाई जितेर फर्किए । त्यसपछि उनको अभिनय मा फिल्म ‘केजीएफ २’ रिलिज भयो, जसले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्मले करिब १२ सय करोड कमाएको थियो ।

सन् २०२३ सञ्जय दत्तका लागि अझ फलदायी रह्यो

सन् २०२३ सञ्जय दत्तका लागि पनि निकै फलदायी रह्यो । २०२३ मा उनका दुई फिल्म ‘जवान’ र ‘लियो’ रिलिज भएका थिए । दुबै फिल्मले रिलिजसँगै बक्स अफिसमा धमाका मच्चाएका थिए ।

जवानले एक हजार करोडको व्यापार गर्‍याे भने ‘लियो’ले छ सय करोड भन्दा बढी कमाए । सञ्जय दत्त ‘वेलकम टु द जंगल’, ‘बाप’, ‘हाउसफुल ५’ लगायत पछिल्ला फिल्महरुमा समेत आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?