मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ब्लुटुथ’ प्रयोग गर्दा यस्ता जोखिम, कसरी जोगिने ?

काठमाडौँ– दुई वा दुईभन्दा बढी डिभाइसलाई वायरलेस रूपमा कनेक्ट गर्नका लागि धेरै मानिसले ब्लुटुथ प्रविधिको प्रयोग गर्ने गर्छन् । 

ब्लुटुथको मद्दतले, स्मार्टफोन र ल्यापटपदेखि लिएर स्मार्टवाच र आईओटी डिभाइसहरू सबै कनेक्ट गर्न सकिन्छ । ब्लुटुथ डिभाइसलाई सजिलै प्रयोग गर्न सकिन्छ । 

तर यो प्रविधिको प्रयोग गर्दा धेरै जोखिमहरू समेत देखिन सक्छन् । तर ब्लुटुथको प्रयोग गरिरहँदा तपाइको डिभाइसमा साइवर आक्रमण जस्ता जोखिमहरूको सामना समेत गर्नुपर्ने हुनसक्छ । 

त्यसकारण आज हामी तपाइलाई ब्लुटुथ प्रविधिको प्रयोग गर्दा हुनसक्ने समस्याहरूका बारेमा जानकारी दिँदै छौँ । 

ब्लूस्नारफिग 

ब्लूस्नारफिंगले ब्लुटुथ–सक्षम डिभाइसको डेटा, जस्तै सम्पर्क, मेसेज, र मल्टिमिडिया फाइलहरूमा अनावश्यक पहुँच प्रदान गर्दछ । यसमा, स्क्यामरहरूले ब्लुटुथ प्रोटोकलमा कमजोरीहरूको फाइदा उठाइ प्रयोगकर्ताको जानकारीमा पहुँच पुर्‍याउन सक्छन् । 

ब्लुबगिङ

ब्लुबगिङ आक्रमणले ह्याकरहरूलाई ब्लुटुथ–सक्षम डिभाइसमा पूर्ण नियन्त्रण प्राप्त गर्न अनुमति दिने गर्छ । यसको मद्दतले ह्याकरले कल गर्न, मेसेज पठाउन, र प्रयोगकर्ताको सहमति बिना कनेक्ट गरिएको डिभाइसमा डेटामा समेत पहुँच पुर्‍याउन सक्छ । 

ब्लुज्याकिङ

ब्लुज्याकिङ एक प्रकारको साइबर आक्रमण हो । जसमा स्क्यामरहरूले ब्लुटुथ–सक्षम डिभाइसमा अनावश्यक मेसेज वा फाइलहरू पठाउने गर्छ । जसको सहायताले स्क्यामरहरूले तपाइको गोपनीयतासँगै संवेदनशील जानकारीमाथि पहुँच प्राप्त गर्न सक्छन् ।

यसरी बच्न सकिन्छ, ब्लुटुथकै माध्यमबाट हुने साइबर आक्रमणबाट

ब्लुटुथबाट हुने सम्बन्धित जोखिमहरूबाट आफूलाई जोगाउन, राम्रो साइबर सुरक्षा अभ्यासहरू अपनाउनु आवश्यक छ । त्यसका लागि यस्ता उपायहरू अपनाउन सकिन्छ । 

– प्रयोगमा नहुँदा ब्लुटुथ अफ गर्ने गर्नुहोस् । 

– आफ्नो ब्लुटुथ कनेक्सन सुरक्षित गर्न डिभाइसमा भएका महत्त्वपूर्ण एपमा बलियो पासवर्ड प्रयोग गर्ने । 

– यस्तै डिभाइसको सफ्टवेयर बारम्बार अपडेट गरिरहँदा पनि यस्ता जोखिमबाट बच्न सकिन्छ । 

– यदि डिभाइसमा स्वचालित रूपमा ब्लुटुथमार्फत अन्य डिभाइसमा अप्सन अन छ भने त्यसलाई अफ गर्नुहोस् । 

– सार्वजनिक स्थानमा ब्लुटुथ डिभाइस प्रयोग गर्दा पनि सतर्क हुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?