मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला सिर्जनाका लागि गोरखाको धार्चे पुगे कलाकर्मीहरु

गोरखा – गोरखाको धार्चे गाउँ पालिकाको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित धार्चे चित्रकला कार्यशालाका लागि २० जना कलाकारहरु धार्चे पुगेका छन् ।

भौगोलिक रुपमा विकट धार्चे प्राकृतिक र सांस्कृतिक रुपमा भने निकै समृद्ध भूगोलका रुपमा लिने गरिन्छ । २०७५ सालको भूकम्पले थलिएको यहाँको कला संस्कृति, प्रकृति र पर्यावरण पर्यटनलाई परिस्कृत रुपमा देखाउने उद्देश्यले कला कार्यशालाको आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले बताए ।

पहिलो दिन कलाकारले यहाँको प्राकृतिक अवस्था र भौगोलिक विकटतालाई अवलोकन गर्दै धार्चे गाउँपालिका पुगेका छन् । काठमाण्डौंबाट लगभग १० घण्टाको यात्रा गरि धार्चे पुगेका कलाकारलाई गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङ र पालिकाका अध्यक्ष लक्ष्मण गुरुङले कलाकारलाई स्वागत गर्दै गोरखाको भूगोल चिन्ने र चिनाउने प्रयासका लागि कलाकारलाई धन्यवाद ज्ञापन गरे ।

देशका विभिन्न भेगबाट आएका कलाकारहरुलाई स्थलगत भ्रमण गराउने सिलसिलामा धार्चे गाउँपालिकाको वडा नं. १ रहेको हुल्चुक गाउँमा समेत पु¥याइयो । बेसीबाट करिब २ घण्टाको ठाडो उकालो हिँडेर पुग्न सकिने यो क्षेत्र गुरुङ वास्तुकलाको जीवन्त सम्पदाको रुपमा रहेको छ । भूकम्पले क्षतिग्रस्त यो स्थानमा अझ पनि केही मात्रामा सम्पदा बाँकी रहेका छन् ।

भौगोलिक रुपमा निकै कठिन भूगोल रहेको यो स्थानमा गुरुङ र विश्वकर्मा जातिको बसोबास रहेको पाइन्छ ।
राजधानीबाट त्यहाँ कलाकारहरु त्यहाँको परम्परागत संस्कृति, जीवनशैली र वास्तुकलामा मन्त्रमुग्ध भए ।

कलाकारको ५ दिवशीय कला कार्यशालाको सिर्जनाले पालिकाको एतिहासिक, मौलिक र विशिष्ठ संस्कृतिलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेमा पालिकाबासी विश्वस्त थिए ।

प्रतिष्ठान लोककला विभाग प्रमुख अधिकारीले धार्चे गाउँपालिकाले संस्कृति र कलाको महत्व बुझेर चित्रकला कार्यशाला गर्न तदारुकता देखाएकोमा धन्यवाद दिँदै देशमा मात्र नभई विदेशमा समेत प्रख्यातिको उचाइमा पुगेका कलाकारलाई यहाँ ल्याउन पाएकोमा खुसी व्यक्त गरे ।

भौतिक विकाससँग मौलिक लोक परम्पराको संरक्षणको पनि उत्तिकै जरुरी रहेको बताए । कार्यशालामा सिर्जित कलाले यहाँको सम्पदा संरक्षण र मौलिकता जोगाउने र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

धार्चे गाउँ पालिककाबाटै निस्किएर कलाको माध्यमबाट आफ्नो परिचय स्थापित गर्न सफल कलाकार मन गुरुङलाई पालिकाले कला दूतका रुपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

कार्यशालामा सहभागी कलाकार केशवराज खनालले नेपालमा चिनिएका कलाकारहरुलाई धार्चे चिनाउने प्रयासका लागि पालिका र प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे ।

यहाँको पर्या पर्यटन, मौलिक सम्पदा, जीवनशैलीलाई कलाकारले आफ्नो सिर्जनामा उतार्ने र सो कलाकृति पालिकाको सम्पत्तिको रुपमा चिरकालसम्म रहि रहेने बताए ।

पालिकाकी उपाध्यक्ष गुरुङले कलाकार देशका गहनाको रुपमा रहेको र कलाकारले नै मौलिकता बचाउन महत्वपूर्ण भूमिका खेल्ने जिकिर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?