मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हृदयघातबाट बच्न के गर्ने ?

पछिल्लो समय धेरैजसो मानिसमा दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले मुटुरोगको समस्या देखिन थालेको छ।

यो नै मानिसको मृत्युको पहिलो कारण पनि बन्ने गरेको छ। मुटुरोग भन्नाले धेरैजसो हृदयघात र हार्टफेललाई बुझ्ने गरिन्छ। हृदयघात यस्तो आपतकालीन स्वास्थ्य अवस्था हो, जसमा बिरामीलाई तुरुन्तै अस्पताल लैजानुपर्छ।

यस्तो अवस्थामा बिरामीले समयमै चिकित्सकीय सहयोग नपाएमा मृत्युको जोखिम बढ्छ। हृदयघात विशेष गरी ४० वर्ष माथिका मानिसहरूमा देखा पर्दछ।

तर गलत खानपान र शारीरिक व्यायामको अभावमा अहिले युवा उमेरका मानिसमा पनि हृदयघातको समस्या देखिन थालेको छ।

हृदयघातबाट बच्न जीवनशैलीलाई विशेष ध्यान दिनुपर्दछ। हप्तामा १२० मिनेट व्यायाम गर्नु आवश्यक छ।

४० वर्ष कटेपछि डायबिटिज, उच्च रक्तचाप, लगायतका रोग जाँच गराउने मदिरा धूम्रपान सेवन नगर्ने, शरीरमा समस्या भएको नभएको जाँच गर्ने र जीवनशैली महत्त्वपूर्ण कुरा हो।

खानपानमा विशेष ध्यान दिने जसमा स्वस्थ भोजनको मात्र खानपान गर्ने, प्रशस्त फलफूल, हरियो सागसब्जी खाने गर्दा यस्तो समस्याबाट बच्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?