मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी गर्ने रुघाखोकीको घरेलु उपचार ? 

अहिले रुघाखोकीको मौसम चलिरहेको छ । गर्मी मौसमसँगै बढ्ने धुलो धुवा र प्रदूषणले यस्ता समस्या निम्ताउँदा हामी घरमै पनि यसको उपचार गर्न सक्छौ । यहाँ हामी हाम्रो घरमै कुन वस्तुको प्रयोग गरेर रुघाखोकीलाई निको पार्न सकिन्छ भन्ने जानकारी दिँदै छौ । 

बेसार : हाम्रो भान्सामा सजिलै उपलब्ध हुने बेसार कोभिडकालमा पनि धेरैले प्रतिरोधात्मक औषधिका रूपमा प्रयोग गरे । यसलाई पनि रुघाखोकी, टन्सिल भएका वेला पानीमा उमालेर पिउन सकिन्छ । 

ज्वानो : ज्वानोपानी रुघाखोकी र ज्वरोमा निकै राम्रो हुन्छ । जिउ, हात दुख्ने, जोर्नी दुख्नेलगायत बाथरोगमा ज्वानोले सहयोग गर्छ । यसले शरीरलाई तातो बनाउँछ ।

मरीच : अहिले रुघाखोकीको मौसम चलिरहेको छ । यसले रुघाखोकी, टन्सिल, पिनास, दम, टाउको दुखेकोलगायत समस्या समाधानमा सहयोग गर्छ । खाना खाइसकेपछि दुई वटा मरीच खाँदा खाना राम्ररी पच्छ । 

लसुन : घाँटी बसेर स्वर बिग्रिएको वा बोल्न नसक्ने अवस्थामा स्वर खुलाउन यसले राम्रो काम गर्छ ।

सुठो : सुकेको अदुवाको धुलोलाई हामी सुठो भन्छौँ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, खाना पचाउन सहयोग गर्ने गर्छ । पानीमा सुठो उमालेर पिउँदा दम, रुघाखोकी, श्वास–प्रश्वास, ज्वरो, बान्ता, पेट दुख्ने, बाथ, ढाड दुख्नेलगायत समस्या समाधानमा मद्दत मिल्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?