मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पिसाब पोल्ने समस्या बाट बच्न अपनाउनुहोस् यी उपाय

पिसाब पोल्ने समस्या गर्मी समयमा बढी हुने गर्दछ । यसका अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ ।

यसका साथै मुत्र नलीको संक्रमण, मिर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायहरू
– प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने
– दैनिक १ गिलास गाँजरको रस पिउने
– फोहोर शौचालयको प्रयोग नगर्ने
– बोटैमा पाकेको अर्गानिक फल खाने
– अमला, हर्रो, बर्रो एक गिलास पानीमा भिजाइ बिहान सेवन गर्ने
– मेथीको साग खाने
– अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने
– सरसफाइमा विशेष ध्यान दिने
– कटन वा सुतीको कपडाको अण्डरवेयरको प्रयोग गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?