मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबुकबारे केही रोचक तथ्य

एजेन्सी– विश्वभरका अधिकांश मानिसरू मोबाइलबाट फेसबुक चलाउँछन् र विश्वभर घटिरहेका विविध घटनाहरुको जानकारी लिइरहेका हुन्छन् ।

फेसबुक साइटमार्फत युजरनेम र पासवर्ड राखेर फोटो तथा आफूलाई मन लागेका विविध विषयका जानकारी तथा विचार पोष्ट गर्छौ । तर दैनिक सूचनाको पहुँच पुर्‍याउने फेसबुकमा भएका महत्वपूर्ण तथ्यहरुका बारेमा हामीलाई खास जानकारी हुँदैन ।

फेसबुकमा भएका केही रोचक तथ्य यस्ता छन्–

– हामीले फेसबुकमा जे टाइप गछौं त्यो सिधै फेसबुकको सरभरमा स्क्रिनमा देखाउँछ जुन हामीले पोष्ट गरेका हुँदैनौ । हामीले गलत मनसायले कुनै सामग्री टाइप गर्‍ यौं भने त्यो पोष्ट गर्नुभन्दा अगाडि नै फेसबुकले ट्रयाक गरिरहेको हुन्छ ।

– हामीले बैंकमा रकम जम्मा गर्न खोलेको खातामा आफ्नो निधनपश्चात कसलाई अधिकार दिने भनेर मनोनयन गरिए जस्तै आफ्नो निधनपश्चात फेसबुक कसलाई चलाउने दिने हो मनोनयन गर्न सकिन्छ ।

– हामीले मन पर्‍यो भन्ने व्यक्त गर्न दबाउने गरेको लाइक बटनको नाम पहिले ‘असम‘ थियो।

– फेसबुकले नीलो रङ प्रयोग गर्नुको कारण निकै रोचक छ । यसका संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ । उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ नीलो भएकाले नीलो रङमा फेसबुक डिजाइन गरिएको हो ।

– दैनिक नियमित रुपमा लामो समय फेसबुकमा व्यस्त रहनेहरुलाई एक प्रकारको रोग लागिसकेको छ जसलाई वैज्ञानिकहरुले ‘फेसबुक एडिक्सन् डिसअर्डर’ नाम दिएका छन् ।

– एक सय वर्षमा मृत मानिसको फेसबुक एकाउन्टको तथ्याङ्क ५० करोड पुग्ने अनुमान गरिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?