मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल जजिरालाई प्रतिबन्ध गर्ने इजरायलको घोषणा

काठमाडौँ – इजरायलले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको छ । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार सामाजिक सन्जाल एक्समार्फत यो जानकारी गराएका हुन । 

“सर्वसम्मतिले निर्णय गरिएको छ, इजराइलमा उत्तेजक च्यानल अल जजिरालाई बन्द गरिनेछ”, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

सञ्चारमन्त्री स्लोमो कारहीले नेतान्याहुसँगको छुट्टै संयुक्त विज्ञप्तिमा इजराइलमा हमास पक्षधरहरूलाई वाक स्वतन्त्रता नहुने बताएका छन । अल जजिरालाई तुरुन्त बन्द गरिने छ र उपकरणहरू जफत गरिने उनको भनाई छ । 

कारहीले ‘उक्त च्यानलको सामग्री वितरित गर्नका लागि प्रयोग गरिने’ उपकरणहरू जफत गर्न आदेश जारी गरेका छन्। यसमा सम्पादन र राउटिङ उपकरण, क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटपका साथ वायरलेस ट्रान्समिसन उपकरण र केही सेलफोन समावेश थिए । 

इजराइल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा अल जजिराको कार्यालय प्रमुख वालिद अल–ओमारीले उक्त निर्णयमाथि प्रतिक्रिया व्यक्त गर्दै यसलाई इजराइलको चरम दक्षिणपन्थी मन्त्रीहरूको सहज जितको खोजीमा एउटा अभियान भएको बताएका छन् । 

इजराइलको संसद्ले गत महिना भारी बहुमतले नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि आइतबार उक्त निर्णय आएको हो । उक्त कानुनले शीर्ष मन्त्रीहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी च्यानलहरूको प्रसारणमा प्रतिबन्ध लगाउन र तिनीहरूको कार्यालय बन्द गर्न अधिकार दिएको छ । 

गाजामा हमाससँग इजराइलको युद्धभन्दा पहिलादेखि नै नेतान्याहु सरकारको अल जजिरासँग विवाद जारी छ । यसैबीच अल जजिराले आइतबार गाजा युद्धको कभरेजमा प्रसारणकर्तालाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने इजराइली सरकारको कदमलाई ‘आपराधिक’ भन्दै निन्दा गरेको छ ।

“हामी सूचनासम्म पुग्ने मानवअधिकारको उल्लङ्घन गर्ने इजराइलको यो आपराधिक कृत्यको निन्दा गर्दछौँ”, अल जजिराले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा भनेको छ । 

अक्टोबर ७ मा गाजामा युद्ध शुरु भएपछि अल जजिराले इजराइली अभियानको प्रभावहरूको लगातार स्थलगत रिपोर्टिङ प्रसारण गरेको छ । 

युद्धमा गाजामा अल जजिराको कार्यालयमा बमबारी हुँदा उसका दुई संवाददाता मारिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?