मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कति छ आज, सुनचाँदीको मूल्य ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?