मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीन खान र अभिताभले छोडेपछि सञ्जयले खेलेकाे फिल्म, जसले बनाएको थियो रेकर्ड

काठमाडौँ – फिरोज खान बलिउडका उम्दा कलाकार तथा फिल्म निर्माता समेत हुन् ।

‘जाबाज’,‘कुर्बानी’,‘दयावान’ जस्ता फिल्म निर्देशन समेत गरेका उनैले ३२ वर्ष अघि एउटा फिल्म बनाएका थिए । जसका लागि उनले बलिउडका तीन खान अर्थात् शाहरुख,सलमान र अमिरलाई आग्रह गरेका थिए । तर उनीहरूले यो प्रस्ताव अस्वीकार गरे । 

भारतीय मिडिया रिपोर्टका अनुसार त्यसपछि भने फिरोजले सञ्जय दत्तलाई फिल्मका अफर गरे । सञ्जयको यो फिल्म सन् १९९२ अक्टोबर ६ तारिखमा रिलिज भएको थियो ।

बक्स अफिसमा सफल यो फिल्मले ८ करोड कमाई गरेको थियो । जबकि यसको बजेट ३ करोड मात्रै थियो । 

यो फिल्मको नाम थियो – ‘यालगार’ । यो फिल्ममा सञ्जयका अलवा मनिषा कोइराला,कबीर वेदी,नगमा,मुखेश खन्ना र नीना गुप्ता जस्ता कलाकारको समेत अभिनय थियो । 

यो सो वर्ष रिलिज भएको फिल्ममध्ये सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको थियो । यति मात्र नभएर तुम्हें आना है, जरा देर लगेगी’ गीतले सर्वाधिक चर्चा बटुलेको थियो । 

यो फिल्ममा एक पात्रका लागि अमिताभ बच्चनलाई समेत अफर गरिएको थियो । तर स्क्रिप्ट मन नपरेको भन्दै उनले समेत अस्वीकार गरेका थिए । जुन भूमिका पछि मुखेश खन्नाले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?