मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धमाकेदार एक्सन फिल्म लिएर आउँदै विजय देवरकोन्डा

काठमाडौँ– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार विजय देवरकोन्डाका फ्यानका लागि खुशीको खबर छ । उनी एक एक्सन प्याक फिल्मका साथ दर्शकमाझ आउने भएका छन् ।

यो खबरले उनका फ्यान खुशी छन् ।

दक्षिण भारतसहित बलिउडका फिल्ममा समेत काम गरेका विजयलाई अपकमिङ फिल्ममा एक्सन अवतारमा देख्न सकिनेछ । भारतीय फिल्ममा एक्सनलाई अझ दमदार बनाउन हलिउडका एक्सन डाइरेक्टरलाई समेत लिने गरिएको छ । यो फिल्ममा पनि हलिउडमा काम गरिसकेका एक्सन डाइरेक्टरलाई लिने सहमति भइसकेको जनाइएको छ ।

तर, यसको पुष्टि भने भइसकेको छैन ।

अझै नाम सार्वजनिक नगरिएको उक्त फिल्मलाई रवि किरण कोलाले निर्देशन गर्नेछन् । निर्देशकले विजयसँगको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका छन् ।

यो फिल्मको चर्चासँगै फ्यानहरूले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन् । यता मेकर्स भने फिल्मको आधिकारिक जानकारी विजयको जन्मदिनको अवसर पारेर सार्वजनिक गर्ने तयारी थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?