मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिकटकबाट फिल्मको यात्रामा  ‘कुल ब्वाइ’

काठमाडौँ- पारस बम अर्थात्  ‘कुल ब्वाइ’  हाेस्टेल ३ मा अनुबन्धित भएका छन्।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस फिल्मबाट उनले ठूलाे पर्दामा डेब्यु गर्न लागेका हुन्।

टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित बम गायक समेत हुन भने उनलाई फिल्मको  महत्त्वपूर्ण भूमिका र प्रमुख पात्रहरू मध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए।

‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। 

त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन्।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका हुन भने  कथा  निर्देशक कँडेलकै हो ।  यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शंकर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्।

वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?