मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रमामा अनुसन्धान आधार बनाउने चिनियाँ तयारी 

काठमाडौँ– अमेरिका र चीनको बीचमा पछिल्लो समय अन्तरिक्ष दौडमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ । यस्तै चीन त अन्तरिक्ष क्षेत्रमा प्रभुत्व जमाउने लक्ष्यमा तीव्र गतिमा अगाडि बढिरहेको छ । 

अन्तर्राष्ट्रिय मिडियाका अनुसार अनुसार विगत केही वर्षदेखि चीनले चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने योजना बनाएको छ । मिडिया रिपोर्टका अनुसार चीनले सन् २०४५ सम्ममा चन्द्रमामा स्थायी रूपमा नै अन्तर्राष्ट्रिय लुनार रिसर्च स्टेशन (आईएलआरएस) निर्माण गरिरहेको छ ।

केही समयअघि मात्रै सार्वजनिक भएको रिपोर्टमा चीनको स्पेस एजेन्सी र रुसको स्पेस एजेन्सी मिलेर चन्द्रमामा आधार बनाउन चाहेको उल्लेख गरिएको थियो । आईएलआरएस परियोजनामा थप देशहरू सामेल हुने बताइएको छ । 


चाइनाडेलीको रिपोर्टअनुसार चीनको यो महत्त्वाकाङ्क्षी परियोजनाका पहिलो चरणको काम सन् २०३५ सम्ममा सम्पन्न गरिसक्नेछ ।  यस्तै नासाको आर्टेमिस मिसनले पनि मानिसलाई चन्द्रमामा पठाएर लामो समयसम्म अनुसन्धान गर्न सक्ने बनाउने उद्देश्य लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?