मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री रुपाली गांगुली भाजपामा प्रवेश

काठमाडाैँ – अभिनेत्री रुपाली गांगुली भारतीय जनता पार्टी ‘भाजपा’मा प्रवेश गरेकी छन् । दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेकी हुन् ।

‘अनुपमा’ र ‘साराभाई भर्सेस साराभाई’ जस्ता सिरियलहरूमा काम गरिसकेकी रुपाली बुधबार ‘मे १’ मा भाजपामा प्रवेश गरेकी हुन्। रुपालीले दिल्लीस्थित भाजपा मुख्यालयमा विनोद तावडे र अनिल बालुनीको उपस्थितिमा भाजपाको सदस्यता लिएकी हुन् । सो क्रममा नेताहरुले रुपालीलाई फूलको गुच्छा र पत्का लगाएर भाजपा प्रवेश गरेका थिए ।

भाजपामा प्रवेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रुपालीले विकासको महायज्ञ देखेर पार्टी प्रवेश गर्ने निर्णय गरेको बताइन् । उनले भनिन्, ‘विकासको यो ‘महायज्ञ’ देख्दा मलाई पनि यसमा भाग लिनुपर्छ भन्ने लाग्छ। म जे गर्छु, राम्ररी गर्न सकूँ भनेर हजुरहरूको आशीर्वाद र साथ चाहिन्छ।’ देशमा लोकसभा चुनाव भइरहेका बेला उनको भाजपा प्रवेश भएको हो । दुई चरणको मतदान पनि सकिएको छ ।

रुपाली गांगुलीले चर्चित टिभी सिरियल अनुपमाकी अनुपमा हुन् । यसअघि पनि उनी कयौँ टिभी शो र फिल्महरूमा देखिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?