मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सार्वजनिक शौचालय प्रयोग गर्दा महिलाले गर्ने १० गल्ती

सार्वजनिक शौचालयको प्रयोग गर्नु कहिलेकाहीँ महिलाहरूका लागि असुविधा र सङ्क्रमणको कारण बन्न सक्छ ।

प्रायः महिला सार्वजनिक शौचालयको प्रयोग गर्दा केही गल्ती गर्छन्, जसका कारण पिसाबको सङ्क्रमण अर्थात यूरिनरी ट्याक्ट इन्फेक्शन (यूटीआई), यीस्ट इन्फेक्शन अथवा अन्य स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ ।

कमोड सिट

सार्वजनिक शौचालयमा भएको कमोड सिटमा ब्याक्टेरिया र भाइरस हुनसक्छ । त्यसैले कमोड सिटमा बस्नु अगाडि त्यसलाई ट्वाइलेट पेपर अथवा ह्यान्ड सेनिटाइजरले सफा गर्नु आवश्यक हुन्छ । 

हात राम्रोसँग नधुनु

ट्वाइलेटको प्रयोग गरेपछि साबुन–पानीले कम्तीमा २० सेकेन्डसम्म मिचेर हात धुनु पर्छ । यदि साबुन छैन भने ह्यान्ड सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।

ट्वाइलेट पेपरको प्रयोग नगर्नु

ट्वाइलेट पेपरको प्रयोग गरेर ट्वाइलेट सीटलाई छुनबाट बच्नु पर्छ । ट्वाइलेट पेपरको प्रयोग गरेर मात्र ट्वाइलेट सिट तल झार्नु पर्छ । फ्लस गर्दा पनि ट्वाइलेट पेपरको प्रयोग गर्नु आवश्यक छ ।

लुगा कमोड सिटको सम्पर्कमा आउनु

आफूले लगाएको लुगा कमोड सिटले छुनबाट बचाउनु पर्छ । यदि कमोड सिटले लुगा छोइहाल्यो भने पनि त्यसलाई धुनु पर्छ ।

सार्वजनिक शौचालयमा बढी समय बिताउने 

सार्वजनिक शौचालयमा लामो समयसम्म बस्नाले सङ्क्रमणको खतरा पनि बढ्छ । त्यसैले जति सक्दो चाँडो ट्वाइलेट प्रयोग गरेर बाहिर निस्कनु पर्छ ।

सार्वजनिक शौचालयमा खालि खुट्टा

सार्वजनिक शौचालयमा खालि खुट्टा हिँड्दा खुट्टामा सङ्क्रमण हुन्छ । त्यसैले सार्वजनिक शौचालयमा चप्पल अथवा जुत्ता लगाएर नै जानु पर्छ ।

सार्वजनिक शौचालयमा निजी सामान राख्नु

सार्वजनिक शौचालयमा आफ्नो निजी सामान राख्नाले चोरी हुने खतरा हुन्छ । त्यसैले आफ्नो निजी सामान आफूसंगै राख्नु पर्छ ।

सार्वजनिक शौचालयमा खानु अथवा पिउनु

सार्वजनिक शौचालयमा खानपिन गर्नु गलत हो । यसो गर्दा सङ्क्रमणको खतरा बढ्छ ।

सार्वजनिक शौचालयमा मेकअप गर्नु

सार्वजनिक शौचालयमा मेकअप गर्दा ब्याक्टेरिया र भाइरस अनुहारमा लाग्न सक्छ । त्यसैले सार्वजनिक शौचालयमा मेकअप गर्नबाट बच्नु पर्छ ।

सार्वजनिक शौचालयमा कपाल कोर्नु

सार्वजनिक शौचालयमा कपाल कोर्नाले कपालमा ब्याक्टेरिया र भाइरल टाँसिन्छ । त्यसैले सार्वजनिक शौचालयमा कपाल कोर्नबाट बच्नु पर्छ ।

यी जानकारीहरूलाई ध्यानमा राखेर महिलाले सार्वजनिक शौचालयको प्रयोग गर्दा सङ्क्रमणको खतरा कम गर्न सक्छन् । सरसफाइमा ध्यान राख्नु र केही सावधानी अपनाउनु हाम्रो स्वास्थ्यका लागि अति आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?