मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कम्प्युटर सर्भरले कसरी काम गर्छ 

काठमाडौँ– सामान्यतया: आजभोलि कम्प्युटर तथा नेटवर्किङको क्षेत्रमा सबैतिर सर्भरको प्रयोग गरिएको हुन्छ । 

सर्भर एक विशेष कार्य ह्यान्डल गर्ने सफ्टवेयर हो । जसले दुई वा दुईभन्दा बढी कम्प्युटरहरूलाई एक आपसमा कनेक्ट गर्ने काम गर्छ । 

तर पनि धेरै मानिसहरूलाई कम्प्युटर सर्भरले कसरी काम गर्छ भन्ने बारेमा थाहा नहुन पनि सक्छ ।  त्यसकारण आज हामी तपाइलाई कम्प्युटर सर्भरले कसरी काम गर्छ भन्ने बारेमा केही जानकारी दिँदै छौँ । 

यसरी कनेक्ट गरिएका कम्प्युटर डिभाइसहरूमा डाटा, एप्लिकेसन तथा अन्य सेवाहरू व्यवस्थापन तथा वितरण गर्न सजिलो हुन्छ । 

सर्भरहरूले कम्प्युटरहरूमा होस्टिङ तथा प्रोसेसिङको क्षेत्रमा धेरै काम गर्नमा मुख्य भूमिका निर्वाह गर्छ । आवश्यक सफ्टवेयरहरू चलाउने जुनसुकै कम्प्युटरले पनि सर्भरको रूपमा काम गर्न सक्छ । 


तर पनि, सर्भर भन्नाले सामान्यतया तीव्र र धेरै शक्ति भएका सफ्टवेयरहरूलाई जनाउँछ । जसले इन्टरनेटबाट डेटा तान्ने र पठाउने काम गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?