मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिमालबाट दुई टनभन्दा बढी फोहोर संकलन

काठमाडौँ – सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट करिब २ टनभन्दा बढी फोहोर संकलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा सो फोहोर संकलन गरेको हो ।

संकलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन् । सफा हिमाल अभियान जारी रहेको नेपाली सेनाले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रमुखप्रतिनिधिहरूको समन्वयमा नेपाली सेनाको सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ ।

‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ । गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?