मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँ–त्रिशुली चल्ने ईभीको भाडा घटाइने

नुवाकोट – काठमाडौँ–त्रिशुली भएर चल्ने ईभी माईक्रो वसको भाडा घट्ने भएको छ । नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहिबार २० गते देखि लागुहुने गरि भाडा घटाउने बताएका हुन् ।

टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माईक्रोको भाडा तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए ।

यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्धारा संचालित ईभी माइक्रोहरुले पनि २० गते बिहिबार देखि भाडा घटाउने बताएका छन् ।

यसअघि ईभी माईक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो । सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरुले ईभीको भाडा आफुखुशी लिँदै आएका छन् ।

नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा।ली र नेपाल माइक्रोवस कम्पनि प्रालिले ईभी माइक्रो संचालन गरिरहको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?