मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन दाँतका लागि हानिकारक छ गुलियो ?

अधिकाशं मानिस आफ्ना साना नानीहरुलाई धेरै गुलियो खानु हुँदैन दाँतमा कीरा लाग्छ भन्दछन् । तर साना नानी मात्र होइन ठुलाले समेत गुलियो खान छाड्दैनन् ।

जसको उपज गुलियो खाएकै कारण दाँतमा कीरा लाग्दछ । गुलियोको केही अंशहरु दाँतमा अड्किएर बसेको हुनाले बिस्तारै त्यसमा कीरा लाग्ने गर्दछ ।

दाँतमा कीरा नलागोस् भन्नका लागी गुलियो खाने बित्तिकै मानिसले नियमित दाँत सफा गर्नुपर्दछ । खानेकुराहरुमा पाइने कार्बोहाइड्रेड पनि गुलियो कै एक रुप हो । यसरी गुलियो खाँदा दाँत सफा गरेन भने त्यसको गुलियो वा कार्बोहाइड धेरै बेरसम्म दाँतमा अड्केर बस्दछ ।

जसलाई मुखमा हुने व्याक्टेरियाले अमिलो अर्थात एसिडमा बदलिदिन्छ । यसरी दाँतमा अमिलो बन्यो र केहीबेरसम्म त्यत्तिकै रह्यो भने त्यसले इनामेललाई खियाउन थाल्दछ । दाँत बिग्रनु वा कीरा लाग्नुको प्रमुख कारण यहि हो ।

शरीरको महत्वपूर्ण अंग भएर पनि दाँत बलियो हुन्छ । दाँतको बाहिरी भागलाई ढाक्ने कडा भाग इनामेल हो । इनामेल सेतो रंगको हुन्छ ।

दाँतको भित्रि भाग जो नरम हुन्छ त्यसलाई डेन्टाइन भनिन्छ । यसमा सजिलै कीटाणु पस्दछन् । तर दाँतको कडा भाग इनामेलले छोपेर राखेको हुनाले यसमा सजिलै कीटाणु पस्न सक्दैन ।

इनामेल शरीरकै सबैभन्दा कडा भाग भएर पनि यसलाई अमिलो वा एसिडले खियाइदिने गर्दछ । मानिसले अमिलो खाँदा दाँत कुडिनुको मुख्य कारण पनि यहि हो । दाँतमा इनामेल बन्ने काम निरन्तर हुन्छ ।

खिइएको इनामेलको ठाउँमा केही समयपछि नयाँ इनामेल आउँछ । अनि कुडिएको दाँत पनि ठीक भएर जान्छ । तर स्मरण रहोस् दाँतको इनामेल नयाँ निर्माण भइरहने भए पनि दाँत भने पुनर्निर्माण हुदैन । तसर्थ यसको स्वास्थ्यमा हेलचेक्राइ नगर्नु नै राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?