मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेथीका यति धेरै फाइदा

हाम्रो भान्साहरूमा हुने मसलाहरू मध्य मेथी पनि एक हो । त्यसैले मेथीको स्वादबारे त सबै परिचित नै हुनुहुन्छ । यो औषधीय गुणले पनि भरिपूर्ण मानिन्छ ।

आयुर्वेद एवं प्राकृतिक चिकित्सामा मेथीलाई अनेक किसिमले प्रयोग गरिन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनको एक रिपोर्ट अनुसार, मेथी एकदमै पुरानो औषधीय वनस्पति हो र सदियौँदेखि यसलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ ।

प्राचीन इजिप्टमा मेथीको प्रयोग शवलाई सुरक्षित राख्न र धूप बाल्नमा हुन्थ्यो । उपयोग गरिन्थ्यो । आधुनिक इजिप्टमा रोटी बनाउनका लागि गहुँ र मकैको पिठोको पूरकको रूपमा मेथी प्रयोग भइरहेको छ ।

जबकि यमनमा मुख्य खाद्य पदार्थमध्ये एक हो यो । प्रसव पीडाको दुखाई कम गर्न र सुत्केरी अवस्थामा दूध बढाउन मेथीको प्रयोग गरिँदै आएको छ ।अहिले मेथीलाई तरकारी–अचारमा, मालिसमा, सौन्दर्यमा, सुगन्धमा, औषधि विज्ञानमा उपयोग गरिन्छ ।

मेथीमा के कस्तो औषधीय गुण हुन्छ रु त्यसले के कस्ता स्वास्थ्य लाभ मिल्छ रु यसबारे थुप्रै खोज अध्ययन भएको छ । न्युट्रेशन एन्ड फुड साइन्सको एक अध्ययनले भन्छ, ‘प्रोटीन, फाइबर, फ्याटी एसिडले युक्त भएकै कारण मेथीमा औषधीय गुण छ ।’

यसका साथै मेथीमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम, जिङ्क, कपर, आइरन जस्ता खनिज तत्त्व पाइन्छ । बिटा क्यारोटिन र भिटामिन सि मेथीको मुख्य घटक मानिन्छ ।

मेडिकल रिपोर्टका अनुसार मेथीको दानामा एन्टिमाइक्रोबियल, एन्टिइन्फ्लमेटरी, एन्टिभाइरल, एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् । यसले शरीरमा एन्जाइमेटिक गतिविधि व्यवस्थित गर्न सघाउँछ । 

यसको सेवनले हुने फाईदाहरु
–यसले ज्वरो, शरीरको दुखाई कम गर्छ ।

–बोसो नियन्त्रण गर्छ र स्तनपान एवं यौन हर्मोन बढाउँछ ।

–यसमा भएको औषधीय गुणले कोलेस्टोरोल, मधुमेह नियन्त्रण गर्नेदेखि कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।

–मेथीको दानालाई विभिन्न तरिकाले खान सकिन्छ । तरकारी, अचारमा त यसको स्वाद थपिन्छ नै त्यसबाहेक अलग तरिकाले पनि मेथी खान सकिन्छ । मेथीलाई रातभर भिजाएर त्यसको पानी पिउनु लाभदायक मानिन्छ ।

–मेथीको दाना केही दिन भिजाएर अंकुराएपछि सलादको रूपमा पनि खान सकिन्छ । साथै मेथीलाई भुटेर, पिसेर विभिन्न रूपमा सेवन गर्न सकिन्छ ।

–मेथीमा भएको घुलनशील फाइबरले पाचनप्रक्रिया बलियो बनाउँछ । मेथीले पाचन रस बढाएर अपच, कब्जियत जस्ता समस्याबाट छुटकारा दिलाउँछ । ग्यास्ट्रिक, अल्सरमा पनि यसको प्रयोग लाभदायक हुन्छ ।

–मेथीमा एमिनो एसिड र बिटा क्यारोटिन पाइन्छ, जसले रगतमा भएको खराब बोसोलाई कम गर्छ । रगतलाई पातलो बनाउँछ र रक्त सञ्चार प्रणालीलाई सहज बनाउँछ ।

–मेथीको दाना तेलमा फुराएर मसाज गर्दा मांसपेशी दुख्ने, सुन्निने समस्या निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?