मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगलमा अङ्ग्रेजी सिकाउने एआई फिचर

काठमाडौँ– पछिल्लो समय धेरै मानिसहरूका लागि अङ्ग्रेजी बोल्नु अनिवार्यजस्तै भएसँगै  गुगलले आफ्ना प्रयोगकर्ताहरूका लागि अङ्ग्रेजी बोल्न सिकाउने नयाँ सुविधा ल्याएको छ । 

अन्तर्राष्ट्रिय मिडिया टेक क्रन्चका अनुसार गुगलले एआईमा आधारित ‘स्पिकिङ प्राक्टिस’ नाम फिचर ल्याउन लागेको हो । 

गुगलले दिएको ‘ल्याङ्ग्वेज लर्निङ एक्सरसाइज’ मा भाग समेत लिन सकिने टेक क्रन्चको रिपोर्टमा उल्लेख गरिएको छ ।

यसमा आकर्षक तरिकाले अङ्ग्रेजी भाषा सिक्न, र यथार्थपरक कुराकानीहरू गर्न सम्भव हुने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

तर गुगलको यो सुविधा अर्जेन्टिना, कोलम्बिया, भारत, इन्डोनेसिया, मेक्सिको र भेनेजुएला मा मात्र उपलब्ध रहेको बताइएको छ ।

बहुभाषिक देशहरूमा अङ्ग्रेजी बोल्ने सीप सुधार गर्न चाहनेका लागि गुगलको यो सुविधा सहयोगी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?