मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मानव स्वास्थ्यका लागि ‘सातु’, यति धेरै उपयोगी

काठमाडौँ– सातु खाने प्रचलन निकै पुरानो मानिन्छ । परापूर्व कालदेखि सातु खाने चलन थियो । हिमाल पहाड, तराईमा समेत यसको महत्व आ–आफ्नै छ । ठाउँअनुसार सातु पनि फरक–फरक तरिकाले तयार गर्ने प्रचलन छ ।

सातु आफैँमा एक सर्वाेत्तम भोजन मानिन्छ । बालकदेखि बुढाबुढी सबैलाइ स्वास्थ्यवद्र्धक सातुका गुणकारी भोजन हो । गर्गी मौसमा त झन सातु सर्वत अम्रित सरह नै हुन्छ ।

ग्रामीण भेगमा त सातु सर्वतको छुट्टै महत्व छ । गाउँगाउँमा कोल्ड ड्रिङ्सले सातु सर्वतलाइ विस्थापित गर्दै लगेता पनि पछिल्लो समय आर्गानिक परिकारको खोजी गर्दै आफ्ना मौलिक परिकार नै उत्तम सावित भएका छन् ।

बजारिया पेय पदार्थ गाउँ गाउँमा फिजिएपछि सातु सर्वत लोप हुने स्थितिमा पुगेको थियो ।
समयसँगै नेपाली रैथाने परिकार र पेय पदार्थको खोज र अनुसन्धान हुँदै गयो । आफ्नै गाउँघरका मौलिक र लोक परिकार स्वास्थ्यवर्ध्दक र उपयोगी सावित भएका छन् ।

सातुको महत्व बुझ्दै गर्दा धेरैले व्यावसायिका रुपमा सातु उत्पादन गर्न थालेका छन् । अहिले बजारमा थरिथरिका ब्राण्डमा सातु उपलब्ध छन् । मौलिक सातु उत्पादन गर्ने दर्जनौं संस्थाहरु बजारमा प्रतिपर्धा गरिरहेका छन् ।

सातुको महत्व आयुर्वेदमा समेत प्रष्ट परिएको छ । सबैभन्दा स्वस्थकर भनेको परम्परागत रुपमा बनाइने सातु नै हो । जुन माटोको हाँडीमा ग्रेन्स भुटेर ढुंगाको जाँतोमा पिसिन्थ्यो र ताजा–ताजा खाने गरिन्थ्यो ।

अहिले व्यावसायिक रुपमा बनाइने सातु धेरै दिन बजारमा रहने हुँदा यसको आयुमा धेरै कमी आएको हुन्छ । बोराका बोरा मेसिनमा पिसिने हुँदा बजारको सातुमा फाइबर पनि कमै पाइन्छ ।

किन खाने सातु सर्वत ?

–सातु सर्वत पिउनु मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ । गर्मी मौसममा यसले सितलता प्रदान गर्छ ।

–सातु सर्वतले कब्जियत हटाउन सहयोग गर्छ । पाचन प्रणालीलाई तन्दरुस्त राख्न मद्दत गर्दछ ।

–मोटोपन घटाउन र रक्तचाप नियन्त्रणमा राख्न पनि सातु सर्वतको राम्रो भूमिका रहन्छ ।

–शरीरमा रहेको अनावश्यक बिकार(टक्सिन) निस्काशन गर्न पनि सातु सर्वतले राम्रो भुमिका खेलेको हुन्छ ।

–बिहानको खाली पेटमा सातु सर्वत सेवन गरेर व्यायाम या काममा निस्कँदा तत्काल शक्ति प्रदान हुन्छ । जौको सातु सर्वत त झन मस्तिष्कका लागि अमृत सरह नै मानिएको छ । जिम गर्नेहरुका लागि ऊर्जा दिन पनि सातु सर्वत उपयोगी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?