मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन फेसबुकका मालिक मार्क जुकरबर्गको वार्षिक तलब १ डलर मात्रै छ ?

काठमाडौँ– विश्वकै सबैभन्दा ठुला प्रविधि कम्पनीहरूमध्ये एक मानिने सीईओहरुको कति पारिश्रमिक लिन्छन् होला । 

सायद यो विषय धेरैका लागि जिज्ञासा हुन सक्छ । तर तपाइलाई सुन्दा अचम्म लाग्न सक्छ, मेटा कम्पनीका मालिक मार्क जुकरबर्गले वार्षिक १ डलर मात्र पारिश्रमिक लिन्छन् । 

हालै बाहिरिएको धितोपत्र तथा विनिमय आयोगको रिपोर्ट अनुसार मेटाका सिईओ जुकरबर्गले सन् २०२३ मा ‘बेसिक स्यालरी’ जम्मा एक डलर बुझेका हुन् । मेटामा हाल पद अनुसार कर्मचारीहरूले एक लाख डलर बढी तलब लिने गरेको बताइन्छ । 

तर जुकरबर्गले अन्य शीर्षकमा कम्पनीबाट ठूलो रकम लिने गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सो वर्ष मात्रै मेटाले जुकरबर्गका लागि दुई करोड ४४ लाख डलर बढी खर्च गरेको बताइन्छ । 

जुकरबर्गले सन् २०१३ देखि आफूले वर्षमा जम्मा १ डलर मात्र तलब बुझ्ने घोषणा गरेका थिए । पछिल्लो १० वर्षमा जम्मा ११ डलर मात्र तलब बुझेका जुकरबर्ग १ सय ७५ अर्ब डलरको सम्पत्ति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?