मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रमामा फोरजी सेवा विस्तारका लागि नोकियासँग नासाको सहकार्य 

काठमाडौँ– नोकियासँगको सहकार्यमा अमेरिकी अन्तरिक्ष एजेन्सी(नासा) चन्द्रमामा फोरजी सेवा विस्तार गर्ने तयारी गरेको छ ।

नासाको आर्टेमिस परियोजनाका लागि दुइ कम्पनीले सहकार्य सुरु गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

समाचार एजेन्सी सीएनएनका अनुसार यस परियोजना अन्तर्गत नासा र नोकियाले चन्द्रमाको सतहमा फोरजी नेटवर्क सुरु गर्नेछन् । 

जसले अन्तरिक्ष यात्रीहरूसँग सम्पर्क गर्न सहयोग पुग्ने छ ।

चन्द्रमामा पुनः मानवलाई पठाउनुका साथै मंगल ग्रहको मानव अभियानको लागि तयारी गराउने उद्देश्य राखिएको यो परियोजनामा स्पेस एक्स कम्पनीको रकेट प्रयोग गरिनेछ ।

फोरजी प्रविधिका लागि आवश्यक उपकरण जडान गरिएको उक्त रकेट चन्द्रमाको उत्तरी गोलार्धमा अवतरण गर्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

चन्द्रमामा एकपटक फोरजी सेवा इन्स्टल भएपछि पृथ्वीबाटै कन्ट्रोल गर्न सकिने जनाइएको छ । तर यो रकेट कहिले प्रक्षेपण हुन्छ भन्नेबारेमा भने केही खुलासा भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?