मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीबाट बचाउने एसी हेलमेट भारतीय बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ– पछिल्लो समय गर्मी ह्वात्तै बढेको छ । नेपालका तराईका जिल्लमा त दिउँसोको समयमा बाहिर हिँड्न सकिने अवस्था छैन । 

जहाँ गर्मीबाट बच्नका लागि नयाँ नयाँ प्रविधिहरू समेत विकास भइरहेका छन् । योसँगै भारतमा गर्मीको समयमा वाहिर काम गर्नुपर्ने मानिसहरूको लागि एसी सहितको हेलमेटको व्यवस्था गरिएको भारतीय मिडियाहरूले जनाएका छन् । 

भारतका विभिन्न राज्यमा कार्यरत प्रहरी कर्मचारीहरूका लागि गर्मीको समयमा काम गर्न सजिलो बनाउने उद्देश्यले एयरकन्डीसनवाला हेलमेटको व्यवस्था गरिएको मिडिया रिपोर्टहरूमा उल्लेख गरिएको छ । 

सीएनबीसीको रिपोर्टका अनुसार यो हेलमेटको उत्पादन भारतको हैदरावादस्थित जर्श सेफ्टी कम्पनीले बनाएको हो । 

यसको तौल करिब २ सय ग्राम मात्रै रहेको बताइएको छ । जसले बाहिर रहेको तापक्रमलाई १० देखि १५ डिग्री सेल्सियससम्म कम गर्न सक्छ । 

चार्ज गर्न सकिने ब्याट्री फिचरसहितको यो हेलमेटको बजार मूल्य भने १३ देखी १७ हजार भारतीय रुपैयाँसम्म पर्ने जनाइएको छ । 

आँखाको सुरक्षाको लागि फेशशिल्ड समेत यो हेलमेटमा रहेको छ । यसलाई आईएसओ तथा ओएचएस सहितका संस्थाहरूले पनि मान्यता दिइसकेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?