मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युट्युबमार्फत सार्वजनिक गरियो ‘चरी बस्यो बनैमा’ बोलको गीत (भिडियो)

काठमाडौँ– गायक तीर्थराज गुरागाईँ र गायिका स्वस्तिका ढकालको स्वर रहेको ‘चरी बस्यो बनैमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

उक्त गीत आज (शनिवार) ‘नेपमेलो’को युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा समीर आचार्यको शब्द तथा संगीत रहेको छ । यस गीतको रेर्कड अष्ट्रेलियाको सिड्नीस्थित नेपमेलो स्टुडियोमा गरिएको हो । गीतको भिडियोमा अहिलेका चर्चित मोडल प्रभात पल ठकुरी र अनिषा ओलीको नृत्य देख्न सकिन्छ ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सिनेमाटोग्राफर अर्जुन तिवारीले खिचेका हुन् । गीतको निर्देशन सान थापाले गरेका हुन् ।

अष्ट्रेलियामा करीब दुई दशकदेखि कर्मथलो बनाउँदै आएका गायक गुरागाईँको यो पहिलो गीत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?