मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रूपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा रु ४० लाख भेटी सङ्कलन भएको छ ।

कालिका मन्दिरमा बडादसैँ र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैँ ९नवरात्री०को अवसरमा रु ४० लाख ७२ हजार पाँच सय ५८ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । 

 खड्काका अनुसार गत वर्षको चैते दसैँको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक रु ११ लाख कम भेटी सङ्कलन भएको छ । गत वर्षको चैते दसैँको अवसरमा रु ५१ लाख भेटी सङ्कलन भएको थियो ।

नवरात्र सुरु भएपछि चैते दसैँ अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । उनीहरूले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन् ।

चैते दसैँको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसँैंको तुलनामा रु ११ लाख कम भेटी सङ्कलन भएको खड्काको भनाइ छ ।

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।

परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?