मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्‍याएर मानवबेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौँ – क्यानडा पठाउने भन्दै दुबई पुर्‍याएर एक युवतीलाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ घर भएका फिरोज खान भनेर चिनिने २६ वर्षीय फरमान हवारी छन् । उनलाई मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले बुधबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।

टिकटकको माध्यमबाट चिनजान भएकी युवतीलाई उनले २ पुस २०८० मा क्यानडा पठाउने भन्दै दुबई पुर्‍याएर बेचबिखन गरेको ब्यूरोका एसपी तथा प्रवक्ता ज्ञानेन्द्र फुयाँलले बताए । दुबई पुर्‍याएर राहदानी लगायतका कागजात नियन्त्रणमा लिएर बन्धक बनाइएको आरोप उनीमाथि छ ।

दुबईमा बन्धक भएकी युवती आफन्तको सहयोगमा ३० चैत २०८० मा नेपाल फर्किन सफल भएकी थिइन् । पक्राउ परेका फिरोजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

आफूले धरैलाई क्यानडा पठाएको र जानका लागि ३० लाख लाग्ने भन्दै फिरोजले युवतीलाई प्रलोभनमा पारेर बेचबिखन गरेको आरोप छ । बिहे गर्नेसम्मको प्रलोभन देखाएर पटक–पटक यौन शोषणसमेत गरेको भन्दै युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

क्यानडा पठाउने भनेर उनले युवतीसँग ११ लाख २८ हजार रुपैयाँ लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?