मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मदिरा प्रतिबन्धले पर्यटनमा असर नगरेको साउदी अरबको प्रष्टिकरण

काठमाडौँ –  साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन  गरिरहे पनि रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ। 

इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् यही हुनु र रक्सीलाई इस्लाममा हराम मानिनुले साउदीले यस्तो नियम बनाएको हो । 

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान  ‘गोल २०३०’ अन्तर्गत धेरै कुरामा काम गरिरहेका छन्, जसमध्ये सबैभन्दा ठूलो पर्यटन हो।

रिपोर्टका अनुसार सन् २०२३ मा १.०६ करोड मानिसले साउदी अरेबिया भ्रमण गरेका थिए, यो संख्या साउदी भिजन २०३० भन्दा बढी हो ।

 सरकारले निओम सिटी, लक्जरी ट्रेनलगायत धेरै कुरामा अर्बौं डलर लगानी गरिरहेको छ तर सबैभन्दा ठूलो प्रश्न साउदीमा मदिरा नहुँदा पर्यटक आउँदैनन् भन्ने हो । यो प्रश्नको जवाफ साउदी पर्यटन मन्त्रीले दिएका छन् ।

 साउदी पर्यटन मन्त्री अहमद अल खातिबले मदिरा आवश्यक भए पनि यसले साउदीको पर्यटनमा प्रतिकूल असर नपरेको बताएका हुन् । ब्लूमबर्गसँगको अन्तर्वार्तामा उनले साउदीले मदिरा बिक्री नगर्ने निर्णय गरेको बताए ।

 अहमद अल खातिबले साउदीमा ठूलो सङ्ख्यामा मानिसहरू आउने गरेको बताए । धेरै मानिसहरू व्यापार, फुर्सद र धार्मिक कारणले आउने गरेका छन् तर उनीहरूले रक्सीको बारेमा गुनासो गरेका छैनन्। मन्त्रीले साउदी आउने मानिसहरू खानपान र किनमेलमा रमाइलो गर्ने गरेको बताए । विदेशीहरू यहाँको संस्कृतिसँग परिचित छन्। मन्त्रीले साउदीको पर्यटन प्रवर्द्धनले निरन्तरता पाउनेमा आफू आशावादी रहेको बताए ।

 साउदी अरबले अन्तर्राष्ट्रिय पर्यटनमा ठूलो फड्को मारेको छ । संयुक्त राष्ट्रसंघको पर्यटन वरियतामा साउदीले शीर्ष स्थान हासिल गरेको छ । सन् २०१९ को तुलनामा सन् २०२३ मा साउदीमा पर्यटनमा ५६ प्रतिशतले वृद्धि भएको छ ।

 हालैका महिनाहरूमा, साउदीमा रक्सी पसल खोलिएको खबर साउदीबाट आएको थियो तर यो पसलमा गैर मुस्लिम कूटनीतिज्ञहरूलाई मात्र रक्सी उपलब्ध गराउने निर्णय गरिएको छ।

यस पसलमा धेरै कडा नियमहरू बनाइएको छ। साउदीले ७० वर्षमा पहिलो पटक मदिरा बिक्री गर्ने कदम चालेको छ ।

यो पसल कूटनीतिक क्वार्टर नजिकै खोलिएको छ, जहाँबाट मदिरा किन्न एपमा दर्ता गर्नुपर्नेछ । यस बाहेक यस पसलबाट दर्ता भएका व्यक्तिले मात्र मदिरा किन्न पाउँछन्, कुनै पनि साथी वा चालकलाई रक्सी दिइने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?