मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : यी प्रदेशमा मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ – अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। 

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको  छ।

लुम्बिनी  र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हाव–हुरीको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ । 

त्यस्तै आज राती देशभर आंशिक बदली देखि मौसम सफा रहने छ । गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?