मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छैठौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला

काठमाडौँ– छैठौँ संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुने भएको छ । अवार्डको छैठौँ संस्करणको लागि आवेदन खुला गरिएको आयोजकले जनाएको हो ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा गतवर्ष वैशाखदेखि चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

सगरमाथा म्युजिक अवार्डका पाँच संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । छैटौं संस्करण भने विदेशमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।

छैठौँ सगरमाथा म्युजिक अवार्ड २०८१ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । त्यस्तै, अवार्ड समारोहमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपालले जनाएको छ ।

त्यस्तै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?