मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेटाले एआईमा आधारित भिडिओ कल गर्न मिल्ने सुविधा भएको चस्मा ल्याउँदै

काठमाडौँ– फेसबुकको मातृ कम्पनी मेटाले एआई आधारित रे–बन स्मार्ट ग्लास चस्मामा नयाँ अपडेट ल्याउने भएको छ ।

कम्पनीले चस्माबाटै ह्वाट्सएप र मेसेन्जरमा भिडिओ कल गर्न समिने सुविधा ल्याउन लागेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । यो सुविधा आएपछि प्रयोगकर्ताले देख्ने वास्तविक दृश्य भिडिओ कलमा शेयर हुनेछ ।

अझ रोचक कुरा त चस्मामार्फत हुने भिडियो कलको क्षमता हातको प्रयोग नगरी चलाउने खालको हुने बताइएको छ । जसका कारण प्रयोगकर्ताहरूले आफूले देख्ने सबै दृश्य सजिलै शेयर गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

योसँगै चस्मामा अडिओ र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा पनि राखिएको कम्पनीले जनाएको छ । त्यस्तै, अमेरिका र क्यानडाका प्रयोगकर्ताका लागि भने चस्मामा मेटा एआईको पनि प्रयोग हुनेछ ।

जसले चस्मामा भएको एआईले विभिन्न काम सम्पन्न गर्न एसिस्ट गर्ने, कनेक्सन बनाउने, भोइस कमान्डका माध्यमबाट तुरुन्तै सूचना दिने लगायतका धेरै काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?