मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता जंक फुड बच्चाका लागि हुन्छन् विष सरह

काठमाडाैँ– जंक फुड भनेको शरीरलाई काम नै नलाग्ने खाना हो । यसमा अत्यधिक मात्रामा क्यालोरी हुन्छ । तर शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, भिटामिन जस्ता पोषक तत्वहरु हुँदैनन् । केही जंकफुडमा भएपनि अति नै कम हुन्छ ।

के–के हुन् त जंक फुड ?

दैनिक खाजाको रुपमा उपभोग गर्ने चाउचाउ, कुरमुरे, चिप्स, बिस्कुट पाउरोटी लगायत प्याकेजिङ खाना सबै जंकफुड हुन् । यस्तो खानामा अत्याधिक मात्रामा नुन, चिनी, ट्रान्स फ्याट(खराब चिल्लो), आकर्षक र लामो समय नकुहिने बनाउन र सुरक्षित राख्नका लागि विभिन्न प्रकारका रङ र रसायन मिसाएको हुन्छ ।

विशेषगरी जंक फुड मैदा, नुन र चिनीबाट बनाइएको हुन्छ, जसलाई सेतो विषका रुपमा लिइन्छ । हामी घरमा एकदिन बासी खाना नै खाँदा रोग लाग्छ खानु हुँदैन भन्छौं, तर त्यही जंकफुड एक–दुई वर्ष पुरानो पनि स्वादिलो मानेर खाने चलन छ ।

जसरी मान्छेले आफ्नो छोराछोरीलाई रक्सी र चुरोट दिँदैनन्, त्यसैगरी उनीहरुलाई यस्तो खानेकुरा दिन छाड्नुपर्छ । जंकफुड त बच्चाका लागि विष जस्तै हो । आज खाएर भोलि नै मर्ने त होइन ।

तर बिस्तारै बिस्तारै विष सरह बन्ने कुरा चिकित्सकहरु सुनाउँछन् । यस्ता खानेकुरामा उच्च क्यालोरी हुने हुनाले मोटोपन बढाउँछ । यस्तो खानेकुरा खाने र शारीरिक कसरत पनि कमी हुँदा शारीरिक समस्या निम्त्याउने गर्छ ।

यस्तो खानेकुराको बढी प्रयोग र शारीरिक कसरतको कमीले पहिला ६०–७० वर्ष पुगेपछि लाग्ने रोगहरु अहिले युवाउमेरमै लागेको देखिएको छ । गर्भवती अवस्थामा यस्तो खानेकुराको सेवन गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?