मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वाईफाईको गुणस्तरीयता बढाउन यसरी प्रयोग गर्नुहोस् ‘मेस नेटवर्क सिस्टम’

काठमाडौँ– तपाईले कहीँकतै वाइफाईको मेस सिस्टमको बारेमा सुन्नुभएको होला । यो कम्प्युटर वा अन्य डिभाइस वाईफाई नेटवर्कसँग कनेक्ट गराउने सिस्टम हो ।

तपाईको घरभरि रहेका डिभाइसमा वाइफाईको वायरलेस सिग्नल ब्रोडकास्ट गर्ने राउटर मात्र एक्लो लिङ्क हो । तर राउटर डिभाइसहरुबाट जति टाढा हुँदै गयो वाइफाईको गुणस्तरीयता कम हुन्छ ।

वाइफाई सिस्टममा एउटा राउटर वा एक्सेस पोइन्टमा निर्भर भइन्छ भने मेस वाइफाई सिस्टमले तपाईलाई धेरैवटा एक्सेस पोइन्ट प्रदान गर्दछ ।

जब एउटा एक्सेस पोइन्ट मोडेमको नजिक हुन्छ र गेटवेले जसरी काम गर्छ, तब अर्को एक्सेस पोइन्टले सिग्नललाई रिब्रोडकास्ट गर्दछ र तपाईको वायरलेस सिग्नललाई बलियो बनाउँछ ।

यसमा दूरी वा दिशाले वाइफाईको सिग्नललाई कुनै पनि अवरोध गर्दैन । यदि तपाईको घरमा वाइफाई ‘डेड जोन’ देखा पर्ने ठाउँहरु छन् भने यो सिस्टम तपाईको लागि प्रभावकारी उपाय हुनसक्छ ।

मेस नेटवर्कलाई व्यवस्थापन गर्न एउटा स्मार्टफोन एप हुन्छ यसले नेटवर्क सेटअप प्रक्रियादेखि पासवर्ड बनाउने, डेटा स्पिड चेक गर्ने, नेटवर्क समस्या हेर्न र नेटवर्कमा नियन्त्रण गर्न पनि सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?