मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिकटकबारे अमेरिकाले ल्यायो नयाँ कानून

काठमाडौँ– अमेरिकामा टिकटक बारे नयाँ कानून जारी भएको छ । राष्ट्रपति जो बाइडेनले संसदको दुवै सदनले पारित गरेक एक कानूनमा हस्ताक्षर गरेसँगै टिकटक सम्बन्धि नयाँ कानून लागु भएको छ ।

अब टिकटकको मूल कम्पनि बाइट डान्सलाई अमेरिकामा आफ्नो कम्पनीको शेयर बेच्न करिब एक बर्षको समय पाउने छ । सो समयभित्र टिकटकको स्वामित्व चिनियाँ लगानी कर्ताबाट अमेरिकी लगानीकर्तामा नसारेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुने छ ।

यता टिकटकले भने अमेरिकी नयाँ कानूनलाई चुनौती दिने बताएको छ ।

अमेरिकाले टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानून ल्याइएको हो । तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ ।

टिकटकका विश्वमै सबैभन्दा बढी प्रयोगकर्ता अमेरिकामा रहेका छन् । अमेरिकामा १७० मिलियन भन्दा बढीले टिकटकको प्रयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?