मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आठ वर्ष पछि फिल्म प्रोडक्सनमा फर्किए अमिर खान, शुरू भयो सुटिङ

काठमाडौँ – अमिर खानले प्रायः क्रिसमसको अवसरमा आफ्ना फिल्म रिलिज गर्ने गरेका छन् । यसैक्रममा उनी सन् २०२४ को क्रिसमसमा पनि नयाँ फिल्म फिल्म  ‘सितारा जमीं पर’ मार्फत यसलाई निरन्तरता दिने तयारीमा छन् । 

यो फिल्मको अर्को महिनादेखि दिल्लीमा छायाङ्कन शुरु गर्ने तयारी गरेको चर्चा छ । यो फिल्म प्याराओलम्पिक खेलमा आधारित हुने बताइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार उनी अर्को महिना ‘सितारे जमीं पर’ को सुटिङका ​​लागि दिल्ली जानेछन्, उनी आफ्नो फिल्मको सुटिङका ​​लागि करिब ११ बालबालिकालाई लिएर राजधानी जान लागेका हुन । 

सो फिल्ममा अन्य स्टार कलाकार पनि हुनेछन्, जसको विवरण भने खुल्न सकेको छैन, यो मे र जुन बीचमा एक महिनाको कार्यक्रम हुने र बच्चाहरूलाई सुटिङका ​​लागि धेरै प्याराओलम्पिक खेलहरूमा संलग्न गराउने बताइएको छ ।

रिपोर्टका अनुसार, सुटिङ लोकेसनको बारेमा स्रोतले भन्यो, “फिल्मको सुटिङ दिल्लीका धेरै ठाउँमा हुनेछ, जसमा रेड फोर्ट, लोधी गार्डेन, पुरानो दिल्ली र त्यागराज स्टेडियम समावेश रहेका छन् । यो दिल्लीका विभिन्न भागहरूमा छायाङ्कन भइरहेको छ किनभने तिनीहरू सबै बच्चाहरू एनसीआर क्षेत्रमा यात्रा गर्न चाहँदैनन्।

यसअघि टिभी नाइनसँग कुरा गर्दै आमिरले ‘सितारे जमीं पर’ क्रिसमसमा रिलिज हुने कुरा पुष्टि गरेका थिए, अमिरले भने,  ‘मुख्य कलाकारको रूपमा मेरो अर्को फिल्म, जसको सुटिङ भर्खरै सुरु भएको छ । क्रिसमसको अवसरमा यो वर्षको अन्त्यसम्ममा रिलिज गर्ने प्रयासमा छौँ । यो एक मनोरञ्जनात्मक फिल्म हो र मलाई यसको कथा मन परेको छ ।’ 

उनका अनुसार फिल्मको सुटिङ शुरु भइरहेको छ, ‘सितारे जमीं पर’मा जेनेलिया देशमुख पनि मुख्य भूमिकामा छिन् । जेनेलिया र अमिरको यो पहिलो फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?