मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्टार्कटिकामा चिनियाँ वैज्ञानिकले पत्ता लगाए ४६ वटा नयाँ सबग्लेसियल ताल

काठमाडौँ– चिनियाँ वैज्ञानिकहरूले अन्तार्कटिका थप ४६ वटा सबग्लेसियल तालहरु पत्ता लगाएको दाबी गरेका छन् ।

उनीहरुले नयाँ विश्लेषण विधिको प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका अन्र्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

उक्त अनुसन्धान ‘पोलार रिसर्च इन्स्टिच्युट अफ चाइना (पिआरआइसी),’ ‘चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस (वुहान)’ र ‘दक्षिणी विश्वविद्यालय विज्ञान तथा प्रविधिको टोली’ले संयुक्त रूपमा गरेको बताइएको छ ।

करीब दुई हजार चार सय मिटरभन्दा बढीको औसत मोटाइसहित विशाल बरफले ढाकिएको अन्टार्कटिकामा बरफको पत्रमुनि असङ्ख्य सबग्लेसियल तालहरू रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

वैज्ञानिकहरूले भेरिएसनल अटोएनकोडर (भिएई) प्रयोग गरी बरफ राडारमा देखाइएको बरफको तल्लो प्रतिविम्बको वेभफर्म सुविधाको विश्लेषण गर्ने नयाँ विधि प्रयोग गरेर अन्टार्कटिकाका ती तालहरु भेटिएको मिडिया रिर्पोमा उल्लेख गरिएको छ ।

यस नयाँ विधिले सबग्लेसियल ताल खोजको दक्षता र विश्वसनियतामा उल्लेखनीय सुधार गरेको बताइएको छ । हालसम्म विश्वभरका वैज्ञानिकहरूले अन्टार्कटिका बरफको पत्रमुनि कूल छ सय ७५ सबग्लेसियल ताल पत्ता लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?