मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेसेन्जर र ह्वाट्सएपमा मेसेज सिन गरेको थाहा नदिन अपनाउनुहोस् यस्ता उपाय

काठमाडौँ– कहिलेकाहिँ फेसबुक मेसेन्जर लगायतका सामाजिक सञ्जालका एपहरुमा नचाहँदा नचाहँदै आएको म्यासेज हेरिन्छ । र सिन भएपछि म्यासेजको बेवास्ता गरेको अर्थ नलागोस् व्यस्तताकाबिच पनि रिप्लाई दिन बाध्य भइन्छ ।

प्रयोगकर्ताको गोपनीयताको लागि फेसबुकले केही महिना अघि म्यासेज हेरे पनि सिन भएको नदेखाउने फिचर ल्याएको थियो । जुन कुरा धेरै प्रयोगकर्तालाई थाहा हुँदैन । म्यासेन्जर लगायतका सामाजिक सञ्जालका एपहरु ‘सिन’ भएको नदेखाउने यस्ता छन् उपायहरु :

म्यासेन्जर

– सबैभन्दा पहिला मेसेन्जर एप खोल्ने ।
– त्यसपछि बायाँपट्टि रहेको तीन ओटा लाइनमा क्लिक गर्ने ।
– अनि छेउमा देखिएको ‘सेटिङको आइकनमा क्लिक गर्ने ।
– यति गरेपछि त्यहाँ देखिने ‘प्राइभेसी एन्ड सेफ्टी’को अप्सनमा क्लिक गर्ने ।
– र अन्तिममा रहेको ‘ह्वाट पिपुल सि’ सेक्सनमा रहेको रिड रिसिप्टमा क्लिक गर्ने ।
– र त्यहाँ रहेको पहिलेदेखि नै अन रहेको रिड रिसिप्टको अप्सन अफ गर्ने ।

इन्स्टाग्राममा यसरी अन गर्नुहोस् यो अप्सन

– सबैभन्दा पहिला इन्स्टाग्राम एप खोल्ने ।
– अनि, तल दायाँपट्टि रहेको प्रोफाइल आइकनमा क्लिक गर्ने ।
– त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा बारमा क्लिक गर्ने ।
– यति भएपछि स्क्रोल गर्दै तल गएर ‘मेसेज एन्ड स्टोरी रिप्लाइज’ को अप्सनमा क्लिक गर्ने ।
– त्यसपछि ‘हु क्यान सि यु आर अनलाइ’ को सेक्सनमा रहेको ‘शो रिड रेसिप्ट्स’ को अप्सनमा ट्याप गरेर रिड रेसिप्ट्स अफ गर्ने ।

ह्वाट्सएपमा यसरी अन गर्नुहोस् यो अप्सन

– सबैभन्दा पहिला ह्वाट्सएप खोल्ने ।
– अनि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा क्लिक गर्ने ।
– त्यसपछि सेटिङको अप्सनमा गइ ‘प्राइभेसी’ को अप्सनमा ट्याप गर्ने ।
– र ‘रिड रेसिप्ट’ को अप्सन अफ गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?