मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन भासिँदैछन् चीनका झण्डै आधा प्रमुख शहर ?

काठमाडौँ – बेइजिङलगायत चीनका झण्डै आधा प्रमुख सहरहरूमा भासिने समस्या बढिरहेको छ ।

यी शहरहरू देशको पूर्वी भाग र तटमा छन् । यसको कारण भूमिगत पानीको द्रुत निकासी र ठूला भवनहरूको भारी वजन भएको बताइएको छ । यो जानकारी साइन्स जर्नलको अनुसन्धानमा बाहिर आएको हो ।

 प्रतिवेदनमा भनिएको छ, आगामी १०० वर्षमा अर्थात् २१२० सम्म, चीनको तटीय जनसङ्ख्याको लगभग १० प्रतिशत (५५ मिलियन देखि १२८ मिलियन मानिसहरू) यसबाट प्रभावित हुन सक्छन् ।

यो अनुसन्धान सन् २०१५ देखि २०२२ सम्म २० लाखभन्दा बढी जनसङ्ख्या भएका चीनका ८२ सहरमा गरिएको थियो ।

अनुसन्धानकर्ताहरूले यस अवधिमा यी चिनियाँ सहरहरूमा भूमि घटेको मापन गरेका थिए । यी ८२ सहरमध्ये करिब आधाको जमिन तीव्र गतिमा भासिइरहेको पाइएको छ ।

चीनको ७५ प्रतिशतभन्दा बढी जनसङ्ख्या यी शहरहरूमा बस्छन् । २०२० मा, यहाँ करिब ९२ करोड मानिस बस्दै आएका थिए, जुन विश्वको कुनै पनि सहरी जनसङ्ख्याभन्दा बढी हो ।

राजधानी बेइजिङलगायत चीनका ४५ प्रतिशतभन्दा बढी सहरहरू प्रत्येक वर्ष ३ एमएमभन्दा बढीको दरले भासिएको पाइएको छ । अनुसन्धानका अनुसार लगभग १६ प्रतिशत जमिन हरेक वर्ष १० मिलिमिटर (०.४० इन्च) भन्दा बढीको दरले तल गएको छ ।

चीनको सबैभन्दा ठूलो सहर सांघाई पछिल्लो शताब्दीमा (१९०१ देखि २०००) मा ३ एमएमले तल गएको पाइएको छ । बेइजिङका सबवे र राष्ट्रिय राजमार्गहरू नजिकका क्षेत्रहरू वार्षिक रूपमा ४५ मिलिमिटर (१.७७ इन्च) भासिएका छन् ।

चीनमा राष्ट्रिय स्तरमा यो समस्याको बारेमा पहिलो पटक अध्ययन बाहिर आएको हो । यसका लागि अनुसन्धानकर्ताहरूले ‘सेन्टिनेल-१’ स्याटेलाइटबाट डाटा सङ्कलन गरेका थिए ।

यसमा, इन्टरफेरोमेट्रिक सिन्थेटिक अपर्चर रडारको सहायताले पृथ्वीको सतहमा ठाडो परिवर्तनहरू पत्ता लगाइएको थियो । यस जमिन गतिको नतिजाबाट कुवा र जमिनमुनिको पानीका साथै भवनहरूको तौल पनि अनुमान गरिएको थियो ।

अनुसन्धान टोलीले अध्ययनमा लेखेको छ- मानवीय कारकका साथसाथै धेरै प्राकृतिक कारकहरू पनि देखिएका छन्, जो यो समस्याका लागि जिम्मेवार छन् ।

प्राकृतिक कारकहरूले सहरको भूगर्भीय परिवेश र चट्टानहरूको तौल वहन गर्ने शक्ति पनि समावेश गर्दछ जसमा शहर बनाइएको छ । त्यहाँ धेरै शहरहरू छन् जुन बलियो चट्टानहरूमा अवस्थित छन् र खतरामुक्त छन् ।

अन्वेषकहरूले डुब्ने सहरहरू र भूमिगत पानीको हानि बीचको बलियो सम्बन्ध फेला पारेका छन् । भूमिगत पानी सकिएपछि त्यहाँको जमिन खाली रहन्छ, जसका कारण भार वहन गर्ने क्षमता घट्दै गएको छ ।

सहरी यातायात सञ्जाल, हाइड्रोकार्बन उत्खनन र खानी जस्ता अन्य धेरै कारणहरू भूमि झर्नुका लागि जिम्मेवार पाइयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?