मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब तस्वीर हेरेर एआईले नै लेखिदिने छ कविता

काठमाडौँ– वैज्ञानिकहरूले एआईको प्रयोग गरी तस्वीरवाटै कविता तयार पारिदिने क्यामेरा बनाएका छन् । 

डिजाइनर रायन माथर र केलिन क्यारोलिन झाङले यस्तो क्यामेरा बनाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । जुन क्यामेराको नाम ‘पोइट्री क्यामेरा’ दिइएको छ । 

सामान्य क्यामेराले तस्वीर खिच्दा प्रिन्ट मात्रै गर्न सकिन्छ । तर ‘पोइट्री क्यामेरा’ मा राखिएको सेन्सरले कुनै चीजको तस्वीर खिच्नुका सट्टा कविता लेख्ने गर्छ । जुन कविता फोटोकै रूपमा क्यामेराबाट प्रिन्ट समेत गर्न सकिन्छ । 

यो क्यामेरामा ओपन एआईको च्याटजीपीटी फोरको प्रयोग  गरेको डिजाइनर झाङ र माथरले बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

यसमा रङ, ढाँचा, वस्तुजस्ता भिजुअल तथ्यहरूको विश्लेषण गरी तस्वीरको भाव तथा परिस्थितिको वर्णन गरी जीपीटी फोरले कविता लेख्ने काम गर्छ । 

मिडिया रिपोर्टका अनुसार यो क्यामेराले गद्य, पद्य, हाइकु लगायतका विभिन्न ढाँचामा कविता लेख्ने गर्छ । क्यामेराका डिजाइनर झाङ र माथरले यो व्यक्तिगत परियोजना भएको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?