काठमाडौँ– कलाकार तथा निर्माता दीपकराज गिरी र उनको टिमले नयाँ फिल्मको तयारी थालेका छन् । उनले ‘छक्का पञ्जा’ पाँचौ सिरिज यस वर्षको दशैँमा रिलिज गर्ने तयारी थालेका हुन् ।
जोय नेपालसँगको कुराकानीमा उनले यस वर्षको दशैँमा फिल्म रिलिज गर्ने गरी काम अगाडि बढेको बताए । उनले फिल्मको स्किृप्ट अन्तिम चरणमा पुगेको र अब चाँडै बाँकी विषयमा जानकारी दिइने बताए ।
‘यस वर्षको दशैँमा रिलिज गर्ने गरी नयाँ फिल्मको तयारी थालेका छौँ, अहिले दिनरात नभनी हामीले स्किृप्टलाई अन्तिम रुप दिँदैछौँ,’ उनले भने ।
‘छक्का पञ्जा’ सिरिजको आगामी फिल्म ‘छक्का पञ्जा ५’ हुने सम्भावना रहे पनि अझै नाम तय नगरिएको समेत उनले बताए । उनले पहिलेकै टिमले फिल्ममा काम गर्ने समेत बताए ।
‘छक्का पञ्जा’ सिरिजमा दीपकराज गिरी ‘राजा’को उपनामले चिनिन्छन् । कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज नेपाल आएको सन्दर्भमा उनले आफ्नो फिल्म आगामी दशैँमा रिलिज हुने सामाजिक सञ्जालमार्फत समेत जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया