मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कतारी अमिर थानी शितल निवास पुगे

काठमाडौँ – नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शितल निवास पुगेका छन् । आजै काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास पुगेका हुन् ।

अहिले कतारी अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरिरहेका छन् । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्दै छन् ।

यस अघि त्रिभुवन विमानस्थलमा कतारी अमिर थानीलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?