मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चीनमा भारी वर्षापछि बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ – चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको छ ।

हालसम्म ११ जना बेपत्ता भएका छन् भने अहिलेसम्म कसैको हताहतीको खबर आएको छैन । अनलाइन भिडियोहरूमा मानिसहरूलाई उनीहरूको घरबाट निकाल्ने प्रयास भइरहेको देख्न सकिन्छ।

धेरै नदीको पानीको सतह बढ्दै गएको र ती नदीहरु खतराको निशानभन्दा माथि बगिरहेका छन् । ग्वाङ्डोङ प्रान्तमा नदीको पानीको सतह रेकर्ड स्तर छुन नजिक रहेको प्रशासनले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?