मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्याटेलाइटमार्फत अन्तरिक्षबाट पृथ्वीमा सौर्य ऊर्जा ल्याउने जापानको तयारी

काठमाडौँ– जापानले सन् २०२५ सम्ममा अन्तरिक्षबाट पृथ्वीमा सौर्य उर्जा ल्याउने तयारी गरेको छ ।

अमेरिकी इन्जिनियरहरूले अन्तरिक्षबाट पृथ्वीमा सौर्य उर्जा बिम गर्ने योजना सफल गरेपछि जापानले पनि यस्तो योजना बनाएको बताइएको छ ।

यसले जलवायु परिवर्तन जीवाष्म इन्धनबाट छुटकारा दिन मद्दत गर्ने अन्र्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । गत साता आयोजित अन्तरिक्षबाट ऊर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै जापानी अनुसन्धान संस्थान ‘जापान स्पेस सिस्टम्स’का एकजना सल्लाहकारले पृथ्वीको तल्लो कक्षबाट ऊर्जा पठाउन सकिने बताएको स्पेस डटकमको रिपोर्टमा उल्लेख गरिएको छ ।

जापान स्पेस सिस्टम्सका ती सल्लाहकारका अनुसार एउटा सानो भू–उपग्रह मार्फत करिब ४ सय किलोमिटरको उचाइबाट लगभग १ किलोवाट शक्ति प्रसारण गर्न सकिनेछ ।

यो मिसन, ओहिसा अर्थात् जापानी भाषामा ‘सूर्य’ नामक परियोजनाको एक हिस्सा मानिएको छ । अन्वेषकहरूले पहिले नै स्थिर स्रोतबाट जमिनमा सौर्य ऊर्जाको ताररहित प्रसारण प्रदर्शन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?