मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

असुरक्षित एपहरू डाउनलोड हुनबाट  बच्न अपनाउनुहोस् यस्ता उपाय 

काठमाडौँ– स्मार्टफोनका लागि कुनै पनि एप्लिकेसन डाउनलोड गर्नुपरे पनि गुगल प्ले स्टोरबाट नै डाउनलोड गर्ने गरिन्छ । तर प्ले स्टोरमा सूचीकृत भएका हजारौँ एपहरूले स्मार्टफोनको सुरक्षालाई खतरामा पारिरहेको तथ्य फेला परेको छ ।

केही समयअघि साइबर सुरक्षा कम्पनी अभास्टले गुगल प्ले स्टोरमा भएका १९ हजारभन्दा बढी एप असुरक्षित रहेको पत्ता लगाएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

त्यस्ता एप्लिकेसनले प्रयोगकर्ताको व्यक्तिगत विवरणमाथि पहुँच लिएको पनि अभास्टले जनाएको छ । त्यसकारण तपाईँ हामीले प्ले स्टोरबाट एपहरू डाउनलोड गर्दा यस्ता कुरामा भने ध्यान दिनुपर्छ । 

यस्ता छन्, असुरक्षित एपहरूबाट सुरक्षित रहने उपाय :

– गुगल प्ले स्टोरबाट एप्लिकेसन डाउनलोड गर्दा एप्लिकेसनको सम्पूर्ण विवरण जाँच गर्ने र सुरक्षित छ भन्ने महसुस नभएसम्म डाउनलोड नगर्ने

– एपहरू डाउनलोड गर्दा नामलगायतका विवरणहरूमा समेत ध्यान दिने, ।

– कुनै भुक्तानीबिना नै रिवार्डको प्रस्ताव गर्ने एपहरूलाई विश्वास नगर्ने ।

– एप डाउनलोड गर्नुअघि अन्य प्रयोगकर्ताले गरेको रिभ्यु हेर्ने ।

– एपको अनुमतिमा विशेष ध्यान पुर्‍याउनुपर्छ । एपलाई व्यक्तिगत विवरण बाहिरिन सक्ने अनुमति नदिने ।

– मोबाइलमा विश्वासिलो एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?