मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेस्लाले किन फिर्ता गर्दै छ बेचिसकेका ४ हजार साइबर ट्रक ?

काठमाडौँ – टेस्लाले ग्राहकहरूलाई बेचिसकेको सबै साइबर ट्रक फिर्ता बोलाएको छ । यसका पछाडि एक्सिलेटर पेडलमा देखिएको समस्या मुख्य कारण हो । 

ती ट्रकहरूमा पेडललाई अलि जोडले थिच्दा गाडीको भित्र अड्किने समस्या देखिएको छ ।

यो समस्याबाट १३ नोभेम्बर, २०२३ देखि ४ अप्रिल २०२४ सम्म उत्पादन गरेर बिक्री गरिएका सबै साइबर ट्रक प्रभावित भएका छन् । फलतः तीन हजार ८७८ साइबर फिर्ता बोलाइएको हो ।

नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसन अनुसार ग्यास पेडलमा उचित ग्लुको सट्टा लुब्रिकेन्ट प्रयोग गर्नाले यो समस्या देखिएको हो । 

यद्यपि टेस्लाले यस अघि पनि थुप्रै पटक  बेचिसकेको गाडी भारी मात्रामा फिर्ता बोलाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?