मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् ६० वर्षभन्दा लामो समय देखि सक्रिय भारतीय कलाकार

काठमाडौँ – एउटा मानिसले कति वर्षसम्म काम गर्न सक्छ ? ६० – ७० वा ८० सम्म ? के ६० वर्षपछिको उमेर रिटायर्ड जीवन बिताउने समय हैन ? 

यसमा धेरैको साझा उत्तर आउँछ – ‘हो’ ।

तर भारतीय कला क्षेत्रमा यस्ता कलाकार पनि छन् जो ६ दशक अर्थात् ६० वर्षभन्दा लामो समय देखि सक्रिय छन् ।

आज हामी ९० वर्षको आसपास वा ९० नै उमेर भएर पनि सक्रिय यस्तै भारतीय कलाकारका बारेमा जानकारी दिँदै छौ । 

गुलजार

यो सूचिमा पहिलो नम्बर मै छन् गीतकार गुलजार । कयौँ कालजयी गीत लेखेका उनी अहिले पनि साहित्यमा सक्रिय छन् । अहिले उनी ८९ वर्षका भए ।  सन् २०२३ मा प्रदर्शनमा आएको विक्की कौशलको फिल्म ‘सामबहादुर’का गीत गुलजारले ने लेखेका थिए ।

आशा भोसले

दिग्गज गायिका आशा भोसले पनि जीवनै सङ्गीतलाई दिएको तथा अझै सक्रिय भएकी व्यक्ति हुन् । ९० वर्षका उनी अझै गायकीमा सक्रिय छिन् । उनी गीत गाउने मात्र नभएर रियालिटी शोहरुमा जज बन्नेसम्म काम गर्दै आएकी छन् 

धर्मेन्द्र

बलिउडका दिग्गज अभिनेता धमेन्द्र उमेर त ८८ वर्ष पुगिसके तर थाक्ने वा करियरबाट रिटायर्ड हुने नामै लिँदैनन् । उनी पछिल्लो समय सन् २०२३ मा प्रदर्शनमा आएको ‘राँकी और रानी की प्रेम कहानी’मा देखिएका थिए । 

वैजयन्ती माला

वैजयन्ती माला उमेरले ९० वर्ष टेकिन । तर आफ्नो जमानाकी सर्वाधिक चर्चित नृत्यगना माला अझै सक्रिय छिन् । उनी अहिले पनि स्टेज पफर्मेन्स दिन्छिन् भने त्यो दमदार समेत रहँदै आएको छ । 

यी बाहेक दक्षिण भारतीय दिग्गज गायक येसुदाश पनि ८४ वर्षका भए । तर अझै गायकीमा सक्रिय उनी पनि आफ्नो क्षेत्रबाट बिदा नामै नदिने कलाकार हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?