मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुत्ने बेला अग्लो सिरानी नबनाउँदा हुन्छन् यस्ता फाइदा

काठमाडौँ– मानव शरीरको संरचना नै यस्तो छ कि, शरीरलाई जतिसक्यो उति सीधा राख्नुपर्छ । यसो गर्दा हाम्रो शरीरमा राम्रोसँग सञ्चार प्रवाह हुन्छ ।

मानव शरीरको हड्डीको संरचना शरीर हुँदै हाम्रो दिमागसम्म जोडिएको हुन्छ । यसको रचना नै त्यसरी भएको छ ।

जब हामीले सिरानी राखेर सुत्ने गर्छौँ, तब हाम्रो शरीरमा धेरै फरक पर्छ । सिरानी राखेर सुत्दा मानव शरीरले पूर्ण रुपमा काम गर्न नपाउने र तनाव व्यवस्थापन गर्न समेत गाह्रो हुने विभिन्न रिपोर्टहरुले देखाएका छन् ।

हामी दिनभरिको थकानका कारण रातिको समयमा आराम गर्ने गर्छौँ । त्यो अवस्थामा अग्लो सिरानी राख्दा तनाव हट्न सक्दैन । यसले गर्दा हाम्रो शरीरको तनाव पनि हड्डीतिर सर्न थाल्छ । एक हिसाबले भन्ने हो भने अग्लो सिरानीका कारण हाम्रो तनाव र थकान राम्रोसँग सञ्चार भएर बाहिर निस्किन पाउँदैन ।

तनाव बढी हुन थालेपछि शरीरको थकान पनि मेटिँदैन । र, यसले हाम्रो दैनिकीलाई नै असर पार्न थाल्छ । यसको असर रिंगटा लाग्ने, केही सेकेन्डका लागि चक्कर आउने, टाउको भारी हुने, सोच्ने तरिकामा समेत समस्या पर्ने हुन्छ ।

आध्यात्मिक शास्त्रका अनुसार जब हामी सुतेका हुन्छौँ । त्यतिबेला हाम्रो शरीरमा अल्फा, बिटा र गामा तरङ्ग निर्माण हुन्छन् । यी तरङ्गले हाम्रो एकाग्र हुने सामार्थ्य पनि बढ्छ । बरु सुत्ने बेला हामीले प्रकृतिको सकारात्मक उर्जा पाउने कोशिश गर्न सक्छौँ ।

यदि हामीले सुत्ने बेला सिरानी प्रयोग गर्‍यौँ अथवा ठूलो सिरानी हाल्यौँ भने त्यसले मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ । अस्पतालमा पनि डाक्टरले अपरेशन गर्दा कुनै सिरानीको प्रयोग नगर्ने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?