मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?